बाहिरी चक्रपथमा ब्रेक थ्रुः यसैपाली बजेटमा समेटिने, अर्थमन्त्रालयले बजेट सुनिश्चित गर्ने

  २०७६ जेठ ५ गते १७:१४     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनामा ब्रेक थ्रु हुने भएको छ ।  अब सरकारले आगामी आर्थिक वर्षको बजेटमै बाहिरी चक्रपथ आयोजनालाई अगाडी बढाउनै पर्ने बाध्यात्मक अवस्था सृजना भएको हो । आइतबार बसेको विकास तथा प्रविधि समिति बैठकले आगामी आर्थिक वर्षमा बाहिरी चक्रपथ आयोजना अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

ल्याण्ड पुलिङ(जग्गा एकिकरण) मार्फत आयोजना अघि बढाइने आयोजनाका लागि अपुग रकम श्रोत सुनिश्तिता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिईएको हो ।
‘यो काठमाडौं उपत्यकाका लागि अत्यावश्यक आयोजना हो, लाखौं नागरिकको जीवनसँग जोडिएको आयोजना आगामी बजेटमै समावेश गरेर अघि बढाउन निर्देशन दिएका हौं’, विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले भनिन् ।

काठमाडौं उपत्यकाको वृहत्तर विकास र आधुनिक एंव पर्यावरण मैत्री व्यवस्थित सडक तथा सहरी पूर्वाधार निर्माणका लागि महत्वपूर्ण मानिएको बाहिरी चक्रपथ आयोजनालाई ल्याण्ड पुलिङ(जग्गा एकिकरण)को मोडलमा आगामी आर्थिक वर्षदेखि अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन गर्दछ ।’, विकास समितिले भनेको छ ।

समितिले अर्थ मन्त्रालयलाई अपुग रकमको श्रोत सुनिश्चितता गर्न पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । ‘साथै ल्याण्ड पुलिङ मार्फत आयोजना अघि बढाउँदा अपुग हुने आर्थिक श्रोतको सुनिश्चितताका लागि अर्थ मन्त्रालयलाई निर्देशन गर्दछ ।’, विकास समितिलको निर्देशनमा भनिएको छ ।

आइतबारको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा बाहिरी चक्रपथ आयोजनालाई नसमेटिएको भन्दै आपक्ति जनाएका थिए । जवाफमा सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले श्रोत सुनिश्चितता हुने वित्तिकै मन्त्रिपरिषदमा प्रस्ताव लगेर आयोजना अघि बढाउने बताएका थिए ।

कुल ७१.९३ किलोमिटर लामो बाहिरी चक्रपथको ५६.४ किलोमिटरको मात्रै डीपीआर तयार भएको छ । सहरी विकास मन्त्रालयले २०७४ गत बैशाख १३ गते चोभार–सतुंगल खण्ड ६.६१३ किलोमिटरको निर्माण आरम्भ गर्ने भनेर प्रक्रिया अघि बढाएको थियो । अनुमानित लागत ६ अर्ब ५० करोड रूपैयाँ हुने सो खण्डको काम मात्रै नभएर अब पुरै खण्डको काम एकै पटक आरम्भ गर्नुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको छ । त्यसका लागि अलाइनमेन्टमा थोरै परिमार्जन गरेर नयाँ डीपीआर बनाउने र एकै पटक जग्गा अधिग्रहण आरम्भ गर्ने योजना मन्त्रालयले बनाएको थियो ।

बाहिरी चक्रपथ सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण गरेर ५० मिटरको आधुनिक सडक निर्माण तथा व्यवस्थित वस्ती विकास गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.