आइतबार सुनको मूल्य २ सयले घट्यो, प्रतितोला ६० हजारमा कारोबार

  २०७६ जेठ ५ गते ११:०९     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला ६० हजारमा कारोबार भईरहेको छ ।

त्यस्तै शुक्रबार ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन साताको पहिलो दिन आइतवार ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोला शुक्रबारको तुलना ५ रुपैयाँ घटेर ७ सय १० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.