‘निर्मल थोपाहरु’ थिएटर मल कीर्तिपुरमा, नाटकमा पानी र जनजीवन

  २०७६ जेठ ३ गते १७:२३     विकासन्युज

काठमाडौं । थिएटर मलको कीर्तिपुर रंगमञ्चमा नाटक ‘निर्मल थोपाहरु’ मञ्चन भएको छ । पानी र जनजीवनबारे तयार पारिएको सातौं नाटकलाई काठमाडौं उपत्यकाको कीर्तिपुरमा मञ्चन गरिएको हो । अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट (अक्रु)–नेपालले पाटन अस्पतालसँगको सहकार्यमा तयार पारेको नाटकलाई वन वल्र्ड थिएटरले प्रस्तुत गरेको हो ।

मानव जीवनको अपरिहार्य र महत्वपूर्ण पानीले दैनन्दित जीवनमा राख्ने भूमिका र पानी दूषित हँदा त्यसले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावलाई नाटकले उठान गरेको छ । लण्डनस्थित सेसस युनिभर्सिटीका अनुसन्धानकर्ता सैन जेट्टेले काठमाडौं उपत्यकाका दरबार स्वायर क्षेत्र वरिपरीको पुरानो वस्तीमा रहेका पानीका स्रोतहरुको परीक्षण तथा अनुसन्धानबाट आएको रिपोर्टको आधारमा नाटकको विषय उठान गरेको लेखक तथा निर्देशक राजकुमार पुडासैनीले बताए ।

अन्तरक्रियामा डा. अभिलाषा कार्की र डा. सविना डंगोलले सहभागीको जिज्ञासामा उत्तर दिएका थिए । पानी जीवनको मुख्य कुरा तर त्यही कुरा खराब हुँदा मानव स्वास्थ्यमा कतिसम्म असर पर्न सक्छ भन्ने बुझाउन अभियानका रुपमा नाटक मञ्चन गरेको अक्रुका जनसम्पर्क अधिकृत सुनिता दास शाक्यले बताए ।
उनले नाटक ‘निर्मल थोपाहरु’ भक्तपुर र पाटनमा गरी ६ पटक मञ्चन गरिसकेको र कीर्तिपुर मञ्चनसँगै काठमाडौंमा मञ्चन थालेको बताए । नाटकमा लुनिभा तुलाधर, अबिरल बहादुर मानन्धर, समापिका गौतम, गुञ्जन दिक्षित, सविना गोपाली, एना देउजा, अमृत दाहालले अभिनय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.