गोर्खा इको प्यानलको डिलर अर्घाखाँंचीमा पनि, संख्या १५ पुग्याे

  २०७६ जेठ २ गते १८:५२     विकासन्युज

काठमाडौं । गोर्खा इको प्यानलको अधिकृत विक्रेता अर्घाखाँंचीको सन्धीखर्कमा पनि पनि राखिएको छ । दुर्गा भगवती विल्डर्स अर्घाखाँंचीलाई १५औं डिलरको रुपमा नयाँं डिलर दिइएको हो ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले देशभरबाट आफ्ना उत्पादनको माग आएकाले ठाउँं ठाउँंमा निरन्तर डिलरको संख्या बढाउँंदै लगेको बताए ।

गोर्खा इको प्यानल आधुनिक निर्माण सामाग्री हो । बाहिरी तथा भित्री पार्टेशन वाल (पर्खाल) को रुपमा इटाको विकल्पको रुपमा यसको प्रयोग हुन्छ । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । किनकि यो पहिला नै कारखानामा निर्माण सम्पन्न गरी निर्माणस्थलमा जोडे मात्रै हुन्छ ।

यो आईएसओ ९००१ः२०१५ चिन्ह प्राप्त कम्पनी हो । यसका डिलरहरु देशभरि फैलिसकेका छन् । हालसम्म यसका १५ वटा डिलरहरु भएको कम्पनीले जनाएको छ ।

नेपालमै पहिलो पटक उत्पादित उत्पादित गोर्खा इको प्यानलको मुख्य कर्पाेरट कार्यालय भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै छ । यसको कारखाना भने भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ हनुमानचामा छ । यसका उत्पादनहरु हिमाल, तराई, पहाड सबैतिरको निर्माणमा प्रयोग भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.