प्राइम कमर्शियल बैंकको जेठ ९ गतेदेखि १८ दिन बुक क्लोज

  २०७६ जेठ १ गते १३:४४     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको आगामी जेठ ९ गतेदेखि १८ दिन बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि आगामी जेठ २६ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

बैंक आगामी जेठ २३ गते आफ्नो ११औँ वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान १० बजे कमलादीस्थित नेपाल एकेडेमीमा बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.