कामना सेवाबाट एशियन लाईफको बीमा सेवा पाइने

  २०७६ वैशाख २५ गते १८:१२     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.