बंगलादेश बैंकले बढायो ५५ प्रतिशत नाफा

  २०७६ वैशाख २४ गते ८:२४     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा करिब ५५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको चैत महिनासम्म बैंकको नाफा अघिल्लो वर्षको सोही समयकोभन्दा ५४.६६ प्रतिशतले बढेर १ अर्ब १४ करोड पुगेको हो । अघिल्लो वर्ष बैंकको नाफा ७३ करोड ८० लाखमा सीमित थियो ।

बैंकले उक्त नाफा बढाउनुको पछाडि खुद ब्याज आम्दानीमा भएको बढोत्तरीलाई प्रमुख कारक मानिएको छ । बैंकको ब्याज आम्दानी १ अर्ब ३९ करोडबाट बढेर २ अर्ब ११ करोड पुर्याएको छ । आम्दानीसँगै बैंकको कर्मचारी खर्च ४७ करोडबाट बढेर ७२ करोड पुगेको छ ।

बैंकले चैत मसान्तसम्म ५५ अर्ब ८७ करोड निक्षेप संकलन गरी ५१ अर्ब ५२ करोड रुपैंया कर्जा प्रवाह गर्दा सीसीडी अनुपात ७८.५० प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ७.६६ प्रतिशत, आधार ब्याजदर १०.६९ प्रतिशत तथा ब्याजको स्प्रेडदर ४.७१ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.