रोडिज् सँगै यामाहा एफजी राइडरहरु लागे लोमान्थाङ

  २०७६ वैशाख २२ गते १७:५९     विकासन्युज


काठमाडौँ । ‘यामाहा एफजी राइड वीथ रोडिज् टु लोमान्थाङ’को औपचारिक सुरुवात काठमाडौंस्थित यामाहाको कर्पोरेट कार्यालयबाट भएको छ ।

नेपालमै पहिलो पटक भएको यो रोमाञ्चक मोटरसाइकल यात्रामा १३ जना एफजी राइडरले आफ्ना यामाहा एफजीमा विश्वकै कठोर भौगोलिक क्षेत्र र अग्ला हिमाली सडकबाट परिचित अपर मुस्ताङसम्म नौ दिन यात्रा गरेर १३ सय किलोमिटर पार गर्ने छन् । उनीहरुको हौसला बढाउन ‘द हिमालयन रोडिज्’का जजद्वय रेमनदास श्रेष्ठ र दिया मास्के र दोस्रो सिजनका विजेता आयुष श्रेष्ठ पनि यात्रामा सहभागी हुनु भएका छन् ।

यामाहाको साहसिक यात्राको ‘फ्ल्याग अफ’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सिईओ चिरञ्जीवी शाहले गरेका हुन् । ‘यामाहाले विगत पनि नियमित रुपमा राइड आउटको आयोजना गर्दै आएको छ । तर राइड वीथ रोडिज् हालसम्मकै ठूलो राइड आउट हुनेछ । यामाहाका राइडरहरुसँग बलियो सम्बन्ध गाँस्नु हाम्रो एउटै मात्र चाहना हो,’ ‘फ्ल्याग अफ’ सेरेमनीमा राइडरहरुलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने ।’

‘यामाहाका मोटरसाइकलले सुरक्षा र कम्फोर्टमा कुनै सम्झौता नगरी राइडिङ थ्रिलको अनुभूति दिलाउँछ । हामीलाई आशा छ, यो यात्राले सहभागी एफजी राइडरलाई लाईफ टाइम एक्सपिरियन्स दिनेछ र आफूहरुबीच पनि अद्वितीय भातृत्वको विकास गराउनेछ ।’ उनले अगाडि भने । त्यसैगरी, सिईओ चिरञ्जीवी शाहले सबै राइड र टिमको सुरक्षित यात्राको कामना गरे । यामाहा द हिमालयन रोडिज् सिजन २ को मुख्य प्रायोजक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.