औँशीको दिन किनमेल गर्दा एनआईसी एसियाबाट नगद १ हजारसम्म पाइने

  २०७६ वैशाख २० गते १९:१३     विकासन्युज


काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले मातातीर्थ औंशीको अवसरमा डिजिटल पेमेन्टहरुमा क्यास ब्याक योजनाहरु सार्वजनिक गरेको छ । औंशीको दिन किनमेल गर्दा १ हजार रुपैयाँसम्म नगद पाइने योजना ल्याएको हो ।

उक्त योजनाहरुमा बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैकिङ्ग तथा मोबाइल बैकिङ्ग मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एकहजार रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्नेछन् ।

अनलाइन पेमेन्टबाट भुक्तानी गर्दा तथा बैंकको क्यूआर पेमेन्ट सिस्टकबाट भुक्तानीगर्दा कारोबार रकमको १० प्रतिशत वा उच्चतम १ हजार रुपैयाँसम्म नगद फिर्ता दिने बैंकले जनाएको छ ।

त्यस्तै पीओएसबाट भुक्तानी गर्दा १० प्रतिशत वा उच्चतम ५ सय रुपैयाँ सम्म नगद फिर्ताको योजना योजना ल्याएको छ । बैशाख २० गते र मातातीर्थ औंशीको दिन बैशाख २१ गते मात्र यो योजना लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.