वृद्ध भत्ता बढाउने सरकारको घोषणा

  २०७६ वैशाख २० गते १७:०५     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा वृद्ध भत्ता बढाउने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको सरकारको निती तथा कार्यक्रम मार्फत सरकारले वृद्ध भत्ता बढाउने घोषणा गरेको हो । हाल ७० बर्ष कटेका वृद्ध वृद्धाहरुले मासिक १ हजार वृद्धि भत्ता र एक हजार स्वास्थ्य उपचार शुल्क वापत कुल २ हजार पाउँदै आएका छन् ।

हाल दलित ज्येष्ठ नागरिकले ६० वर्षदेखि नै मासिक २ हजार रुपैंयाँ पाउँदै आएका छन् भने विधवा तथा एकल महिला, अपांग, लोपोन्मुख जातिले पनि त्यस्तो भत्ता पाउँदै आएका छन् । नेपालमा समाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.