“भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५” बरिष्ठ गायक प्रेमध्वज र संगीतकार शम्भुजीतलाई

  २०७६ वैशाख २० गते १४:४२     विकासन्युज

काठमाडौं । “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५” बरिष्ठ गायक प्रेमध्वज र बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई प्रदान गरिने भएको छ। भक्तराज आचार्य संगीत प्रतिष्ठानद्धारा हरेक वर्ष प्रदान गरिँदै आएको यो सम्मान यस वर्षका लागि प्रधान र बॉस्कोटाले पाउने भएका छन् ।

यहि वैशाख २८ गते एक भब्य कार्यक्रम आयोजना गरि गायनतर्फ बरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई सम्मानित गरिने छ ।

हरिप्रसाद रिमाल र चन्द्रराज शर्मालाई सम्मानित गर्दै गत वर्ष देखि यो सम्मानको सुरुवात गरिएको हो । प्रतिष्ठानाले गत वर्ष संगीतकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग र रोयल्टी समेत प्रदान गरेको थियो ।

सामाजिक र साङ्गितिक कार्यहरुमा क्रियाशील रहेको भक्तराज आचार्य संगीत प्रतिष्ठानले गायन र संगीत क्षेत्रका श्रस्टाहरुलाई हरेक वर्ष सम्मान गर्दै जाने चर्चित गायक स्वरुपराज आचार्यले बताए । यस वर्षको सम्मान कार्यक्रम प्रतिष्ठानले सिटी एक्सप्रेस मनि ट्रान्सफरको मुख्य सहयोगमा आयोजना गर्दै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.