४.२१ अंकले घट्यो नेप्से, ५८ करोडको कारोबार

  २०७६ वैशाख १९ गते १५:५३     विकासन्युज


काठमाडौँ । साताको अन्तिम दिन नेप्से परिसू ४.२१ अंकले घटेको छ । ०.३२ प्रतिशतले घट्दा परिसूचक १२९४.३९ बिन्दुमा पुगेको हो । बिहीबार सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ३ हजार २६ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ७८ लाख ५५ हजार १ सय १३ रुपैयाँको कारोबार भएको छ ।

बजार घटेको दिन नेप्सेका ३ सूचक मात्र हरियो देखिएका छन् । बैंक समूह ६.७६, विकास बैंक समूह १०.३२, जलविद्युत समूह ४.५, वित्त समूह ३, अन्य समूह १.३३, माईक्रोफाइनान्स समूह ६.९ र जीवन बीमा समूह १८.६८ अंकले घटेका छन् । होटल समूह १३.६३, निर्जीवन बीमा ३७.५५, उत्पादन मूलक समूह ३८.०८ अंकले बढेका छन् ।

हिमालयन डिस्टीलरी लिमिटेडका लगानीकर्ताले ५.२७ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, युनाइटेड मोदी हाइड्रो पावरका लगानीकर्ताले ५.०४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.