सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल नियुक्त

  २०७६ वैशाख १६ गते १८:०८     विकासन्युज

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल नियुक्त भएका छन् । सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्दै आएका दाहाल बैशाख २० गतेबाट लागु हुने गरी बैंककाे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

१६ वर्षअघि बैंकिङ्ग करियर थालेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन् । ६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा बैंकसंग आबद्ध भएका दाहाल यसअघि बैंकको भगिनी संस्था सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।

उनले वित्त तथा योजना तर्जुमा विभाग, आईटी, संचालन विभाग, कर्जा प्रशासन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपुर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको छ । हाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.