काठमाडौँपछि ललितपुर महानगरमा ब्रुमरले सडक सफा गर्ने, २ वटा खरिद गर्दै

  २०७६ वैशाख १५ गते १७:४५     विकासन्युज


ललितपुर । ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रुमर खरीद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि ब्रुमर खरीद प्रक्रिया अघि बढाइएको हो ।

ब्रमुर खरीदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्विट्रल्याण्डमा बनेको बु्रमर खरीद गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

ललितपुर महानगरपालिकाको शहरी क्षेत्रमा धुलो सफा गर्नका लागि दुई वटा बु्रमर पर्याप्त हुने उनले बताए । उनले भने, “नगरका भित्री क्षेत्रमा सफा गर्न दुई वटा बु्रमर पर्याप्त हुनेछ ।”

महानगरपालिकाले खरीद गर्न लागेको बु्रमर काठमाडौँ महानगरपालिकाले अहिले सञ्चालन गरिरहेको बु्रमरजस्तै आधुनिक प्रविधिको भएको प्रवक्ता महर्जनले बताए । ललितपुर महानगरपालिकामा अहिले एउटा सानो बु्रमर भए पनि सञ्चालनमा नभएको बताए ।

उनले भने, “अहिले हामीसँग भएको पुरानो प्रविधिको ब्रुमर धेरै धुवाँ फल्ने भएकाले वातावरण प्रदूषण गर्ने भएकाले अहिले सञ्चालनमा छैन ।” महानगरभित्रका सडक सफा गर्नका लागि महानगरपालिकाले गाडी र कर्मचारी पनि थप्ने तयारी गरेको छ । यसअघि काठमाडौँ महानगरपालिकाले ५ वटा ब्रुमर खरिद गरी रातको समयमा सडक सफा गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.