टिभीएस मोटरसाइकल तथा स्कूटरका डिलरहरुको भेला

  २०७६ वैशाख १२ गते १७:३५     विकासन्युज


काठमाडौं, नेपालका लागि टिभीएस मोटरसाइकल तथा स्कूटरको एकमात्र आधिकारिक वितरक जगदम्बामोटर्स प्रालिले हालै देशभरका डिलरहरुको भेला सम्पन्न भएको छ । १ घर १ टिभीएस नारा दिइएको उक्त भेलामा टिभीएस मोटरसाइकल तथा स्कूटरहरुको देशभरका ९८ डिलरहरुको सहभागीता रहेको थियो ।

यही वैशाख ४ देखि वैशाख ९ सम्म भैरहवा स्थित टाइगर रिसोर्टमा आयोजना गरिएको उक्त भेलाको एकमात्र उद्देश्य १ घर १ टिभीएसको लक्ष्य प्राप्तीका लागि ग्राहकहरुलाई स्थानीय रुपमा गाऊँमा नै सेल्स सर्भिस र स्पेयर पार्टसमा उत्कृष्ट सेवाप्रदानगर्ने तथा जस्तोसुकै समस्याको समाधान २४ घण्टा भित्रमा गर्ने सम्बन्धमा डिलरहरुलाई अझ बढी संवेदनशील ढंङ्गका साथ अघि बढाउनु रहेको थियो ।

नेपालमा टिभीएस बाइक तथा स्कूटरहरुको लोकप्रियता दिनप्रतिदिन बढ्दो रहेको कम्पनीले जनाएको छ । गतवर्ष यसको बिक्री परिमाण ४० प्रतिशतका दरले वृद्धि भएको पाइएको छ ।

मेचीदेखि महाकालीसम्म फैलिएको बिक्रीवितरण सञ्जाल र बिक्री पछिको सजिलो सेवाले गर्दा ग्राहकहरु टिभीएसको सर्भिसबाट प्रभावितहुने गरेका छन् । यसप्रकार सहज र स्तरीय सेवा पु¥याएर टिभीएससँग ग्राहकको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न क्षेत्रका डिलरहरुलाई उक्त भेलामा उत्कृष्ट डिलरको सम्मानबाट पुरस्कृत पनि गरिएको थियो ।

भेलामा जगदम्बा मोटर्स प्रालिका अन्य प्रतिनिधिहरु लगायत विभिन्न प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.