निर्माण अगाडी नै ‘प्रेमगीत ३’ काे प्रदर्शन मिति घोषणा

  २०७६ वैशाख १२ गते १०:४९     विकासन्युज

काठमाडौं । सन्तोष सेनको निर्देशनमा रहेको ‘प्रेमगीत ३’ निर्माण अगाडी नै प्रदर्शन हुने मिति घोषणा गरेको छ । पत्रकार सम्मेलन मार्फत फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै चैत्र २८ गते फिल्म प्रदर्शन गर्ने घोषणा गरेका हुन् । अभिनेता प्रदिप खड्काको प्रमुख भुमिका रहेको सो फिल्म प्रोस्टरमा देखिए अनुसार द्धन्दात्मक रहेको अनुमान लगाउन सकिन्छ ।


‘प्रेमगीत ३’ मा नायकको तर्फ अभिनेता प्रदिप खड्काको चर्चा हुँदै गर्दा अझैपनि नायिकको तय भएको छैन् । सो फिल्मका लागि मिस नेपाल अर्थ निति शाह चर्चामा आएकी छन् । केहि समय अगाडी लभ स्टेसन हेर्न पुगेकी शाहले पत्रकारहरुसँग फिल्म क्षेत्रमा आफु प्रवेश गर्न सक्ने कुरा बताएसँगै उनी पे्रमगीत ३ मा प्रवेश गर्ने परिचर्चा चल्न थालेको हो ।

फिल्ममा राजेश हमाल प्रदीपका पिताको रुपमा देखिने निर्माण टिमको भनाई रहेको छ । त्यस्तै यो चलचित्रको कथा २ सय वर्ष पुरानो रहेका निर्माण समुहले जानकारी दिएको छ । फिल्म निर्माण समुहले २०७७ साललाई लक्षित गर्दै यहि चैत्र २८ गते फिल्म प्रदर्शन गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.