निल्नु न ओकल्नु चिनियाँ जहाजः एक वर्षमा ६० करोड ६१ लाख घाटा

  २०७६ वैशाख १२ गते ८:३९     विकासन्युज


काठमाडौँ । आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन्  ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आव २०७४र०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकमबराबर नोक्सान गराएका हुन् । निगमलाई दुईवटा एमए सिक्स्टी जहाजले ३१ करोड ६४ लाख रुपैयाँ घाटा गराएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी चारवटा वाई टुवेल जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ ।

निगमका जहाज उडानका लागि भर्खरै ५० जना पाइलट माग गरेको भए पनि २६ जनाले मात्र आवेदन दिएका छन् । यिनैमध्ये केहीलाई छानेर चिनियाँ जहाज उडाउन लगाउने निगमका सहप्रवक्ता कोइरालाले बताए । तर, इन्स्ट्रक्टर पाइलटका लागि भने निगमभित्र कार्यरत वरिष्ठ पाइलटमध्ये कसलाई छनोट गर्ने भन्ने निधो निगमले गर्न सकेको छैन ।

नयाँ जहाज खरिद गर्नु मात्र महत्वपूर्ण होइन । जहाज मर्मतका लागि पार्टपुर्जा सहज उपलब्ध हुने–नहुने भन्ने विषयले जहाज उत्पादक कम्पनीको विश्वसनीयता निर्धारण हुन्छ । तर, चिनियाँ जहाजको हकमा पार्टपुर्जाको आपूर्ति निकै जटिल हुने स्रोतको भनाइ छ ।

जहाज आपूर्ति गर्दा चिनियाँ कम्पनी एभिक इन्टरनेसलनले पार्टपुर्जा सहजतासाथ उपलब्ध गराउने प्रतिबद्धता जनाएको भए पनि जहाज बिग्रिएपछि चीनबाट सामान आउन महिनौँ लाग्ने गरेको निगमले जनाएको छ । त्यत्ति मात्र होइन, जहाजको पार्टपुर्जा महँगो हुने भएकाले सञ्चालन गर्दा घाटा बढेको निगमको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.