बारामा एचएच बजाजको नयाँ शोरुम

  २०७६ वैशाख ९ गते १८:००     विकासन्युज

काठमाडौँ । एचएच बजाजले बाराको कलैयामा गुप्ता मोटर्समा पूर्ण सुविधा सहितको नयाँ शोरुम संचालनमा ल्याएको छ ।

नयाँ शोरुमले बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका ग्राहकहरुलाई सहज बनाउने कम्पनीले जनाएको छ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको पनि जनाएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले भने-‘हामी बाराको कलैयामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै बाराका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.