पूँजीगत लाभकर तिर्ने समय सकिन एक दिनअघि एनसेलले दायर गर्यो सर्वोच्चमा रिट

  २०७६ वैशाख ९ गते १४:४२     विकासन्युज


काठमाडौँ । एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको पूँजीगत लाभ कर कानूनअनुसार नभएको दाबी गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

एनसेलले दायर गरेको रिट निवेदनमा कर निर्धारण नगर्दासम्म एनसेलको व्यापार व्यवसायमा व्यवधान नगर्न परमादेशको माग गरिएको छ ।

करदाता कार्यालयले ७ दिन भित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ सात दिनभित्र तिर्न भनेको थियो । कर तिर्ने दिइएको समय सकिन १ दिन अघि मात्र सोमबार एनसेल अदालत पुगेको हो । करदाता कार्यालयले ६२ अर्ब ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गरेको थियो । एनसेलले १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० रुपैयाँ मात्र कर दिनु पर्ने दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.