देवः विकास बैंकले साढे ५ प्रतिशत बोनस दिने

  २०७६ वैशाख ६ गते १२:३६     विकासन्युज

काठमाडौं । देवः विकास बैंक लिमिटेडले सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर दिने भएको छ । विकास बैंकले सेयरधनीलाई हालको चुक्ता पुँजीको सो मात्रा बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव हालै बसेको विकास बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । ५.५ प्रतिशत बोनस सेयरपछि विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६७ करोड ३० लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता १२९ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.