सरकारी विद्यालयमा छोराछोरी नपढाए सेवा सुविधा बन्द गर्ने वडा अध्यक्षको घोषणा

  २०७६ वैशाख ५ गते १२:३९     विकासन्युज

काठमाडौं । पोखरा महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष निर्मल दियालीले सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेका छन् ।

अध्यक्ष दियालीले सामुदायिक विद्यालय प्रतिको आम मानिस भित्र रहेको नकारात्मक धारणा हटाउनु पर्ने जानकारी दिँदै ‘सामुदायिक विद्यालयमा भर्ना गराउनु, शैक्षिक गुणस्तरको जिम्मा म लिन्छु’ उनले भने ।

८ वटा आधारभुत विद्यालय र २ वटा माध्यामिक विद्यालय रहेको सो ठाँउको स्थानिय वासिन्दाले सामुदायिक विद्यालयमा भर्ना नगरे स्थानिय स्तरबाट दिने सेवा सुविधा नदिने बताए ।

सामुदायिक विद्यालय प्रति हेर्ने दृष्टिकोणमा सुधार ल्याउने उद्देश्यले सो नियम लागु गरेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.