सर्वोच्चको आदेशमा हुलाकी राजमार्गका २३८ जग्गाधनीलाई मुआब्जा दिन शुरु

  २०७६ वैशाख ५ गते ९:३३     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले सडक विस्तार गर्दा जग्गाको मुआब्जा दिनुपर्ने आदेश दिएपछि सरकारले वितरण शुरु गरेको छ ।

हुलाकी राजमार्ग अन्तर्गत लमही–कोइलीबास सडक स्तर उन्नतीमा पर्ने २३८ जग्गाधनीलाई सरकारले जग्गाको मुआब्जा वितरण गर्न लागेको हो ।

सडकको केन्द्रबाट १५ मिटर दाँयावाँया पर्ने जग्गाधनीले मुआब्जाको लागि निवेदन दिन सक्नेछन् । मुआब्जाको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जमा आवेदन दिनु पर्नेछ ।

निवेदनको लागि जग्गाको क्षेत्रफल खुलाई आवेदन दिनु पर्नेछ । चैलाही, गढवा र गंगापरस्पुर गाँउपालिकाका वासिन्दालाई मुआब्जा वितरण गर्न लागिएको निर्देशनालयले जनाएको छ । चैलाहीको वडा नम्बर २, ५, ७, गढवाको १,२ र गंगापरस्पुर गाउँपालिकाको २, ८ वडामा पर्ने जग्गाको मुआब्जा वितरण गरिनेछ ।

निर्देशनालयले चैलाही गाँउपालिकाको २०४ कित्ता, गढवाको १५ र गंगापस्पुरको १९ कित्ता जग्गाकोे मुअब्जा वितरण गर्नेछ । मुअब्जा निवेदन १५ दिनभित्रमा दिइसक्नु पर्नेछ । १५ दिन पछि निवेदनको अध्ययन गरी जग्गाको मुआब्जा बैंक खातामा हाल्ने तयारी निर्देशनालयको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.