एलआइसी नेपालले ल्यायो ‘धनवृष्टी’ जीवन बीमा योजना

  २०७५ चैत २९ गते १३:१६     विकासन्युज


काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआइसी जीवन बीमा कम्पनीले ‘धनवृष्टी’नामक जीवन बीमा योजनाको सुरुवात गरेको छ । कम्पनीले जीवन बीमाको साथमा धनवृष्टी ३–३ बर्षमा भन्ने योजनाको सुरुवात गरेको हो । नयाँ वर्षको आगमनमा ल्याइएको सो बीमा योजनालार्ई बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिहीबार सार्वजनिक गरेका हुन् ।

‘धन वृष्टी’बीमा योजनामा १३ वर्ष देखी ६० वर्ष सम्मका बिमितले सहभागी हुन सक्ने छन् । सो योजनामा न्यूनतम बीमाङ्क रकम १ लाख कायम गरिएको छ । यस्तै, अधिकतम बीमाङ्क भने बीमा अन्डरराइटीङ नियमानुसार चाहेजति लिन सकिन्छ । यसमा बीमा योजनाको अवधि भने १० वा १५ वर्षको हुनेछ ।

१० वर्षे अवधिको बीमा लिंदा हरेक ३ बर्षमा बीमाङकको ३३ प्रतिशत रकम फिर्ता हुन्छ । १५ वर्षे अवधिमा हरेक ३ बर्षमा बीमाङकको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ । बीमा परिपक्कतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जन गरिएको रकम समेत एक साथ प्रदान गरिने छ ।

तर, बीमा अवधिमा नै बिमीतको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम नकाटी पूरै बीमाङ् रकमको साथ आर्जीत रकम इच्छाएको व्यक्तीलाई प्रदान गरिन्छ । यस योजनामा ७५ लाखसम्मको दुर्घटना लााभ र स्थायी अशक्तता लाभ समेत उपलब्ध छन् । २ बर्षको बीमाशुल्क भुक्तानी पश्चात बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्ने छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपि दास भन्छन्-‘यस बीमा सेवाले विभिन्न क्षेत्रका तथा पेशामा आवद्ध रहेका बिमीतलाई सेवा प्रदान गर्नेछ ।’ दासले आफू सानो हुँदाका परिवेश र अहिलेका पुस्ताले भोगेका भिन्नतामा समेत प्रकाश पारेका थिए । उनले दैनिक जोखिम बढ्दो रुपमा रहेका बीमाको अपरिहार्यतामा प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.