नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाद्धारा हावाहुरी प्रभावितलाई राहत प्रदान

  २०७५ चैत २४ गते १८:१२     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था शाखाकार्यालय मोतिसरले विनाशकारी हावाहुरीबाट प्रभावित संस्थामा आवद्ध सदस्यहरुलाई रहत प्रदान गरेको छ । कलैया उमनपा वडा नं १८ मोतिसर स्थित नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था शाखाकार्यालय मोतिसरमा आवद्ध सदस्यहरुलाई राहतवितरण गरेका हुन् ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र सभापतिमा वडा नं १८ का वडाध्यक्ष अम्बिकाप्रसाद यादव,अतिथीहरुमा समाजसेवी, विभिन्न पार्टी प्रतिनिधी, बुद्धिजीवी नेशनल माइक्रोफाइनान्सको शाखाकार्यालय सिम्रौनगढको शाखा प्रमुख जयप्रकाश मंडल, शाखाकार्यालय पोखरीयाको शाखा प्रमुख अजयशंकर साह, पत्रकारहरु, सुरक्षाकर्मीहरु र ग्राहक सदस्य तथा अभिभावक गरि करीब ४०० जनाको उपस्थिती रहेको थियो ।

राहतवितरण कार्यक्रमको प्रमुख अतिथि रामबहादुर यादवले संस्थाले आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत संस्थामा आवद्ध भएका ग्राहक सदस्यहरुलाई हवाहुरीबाट भएको पिडामा मलम लगाउने काम गरेको साथै संस्थाले आफ्नाग्राहक सदस्यहरुलाई कर्जा बचत मात्रनभई समाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकको हकहितमा पहिचान बनाएको जानकारी दिए ।


राहतवितरण कार्यक्रमको सभापति वडाध्यक्ष अम्बिकाप्रसाद यादवले संस्थाले पिडामा भएका सदस्यहरुलाई यस्तो सहयोगले संस्थाप्रति सर्वसधारणको भरोसा तथाविश्वाश बढने भनेर मन्तव्य राखे । राहत वितरण कार्यक्रमको सुरुवात प्रमुख अतिथि यादवले शुरु गरेका हुन् । कार्यक्रममा कुल १८० जना ग्राहक सदस्यहरुलाई जनही चामल १ बोरा, चिउरा २ किलो, दाल १ किलो, चिनी १ किलो, नुन १ किलो, तेल १ लिटर, मशाला १प्याकेट, झुल १ थान र तन्ना १ थान समाग्रीहरु वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.