ग्रिनलाइफ हाइड्रो पावरको शेयर बाँडफाँड, आवेदन दिनेले मागेजति पाए

  २०७५ चैत १७ गते १८:५६     विकासन्युज


काठमाडौँ । ग्रिनलाइफ हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाको लागि निष्काशन गरेको साधारण शेयरको आइतबार बाँडफाँड गरिएको छ । बीओके क्यापिटल मार्केट लिमिटेडका अनुसार आयोजना प्रभावित दोलखा जिल्लाका वासिन्दाको लागि शेयर निष्काशन गरिएकोमा माग भन्दा कम आवदेन परेकाले माग बमोजिम सबैले शेयर पाएका छन् ।

आयोजना प्रभावित क्षेत्रका १२१६ जना स्थानीय वासिन्दाले भरेको आवेदन अनुसार नै १ लाख ३ हजार ६ सय कित्ता शेयर बाँडफाँड गरिएको बीओके क्यापिटलले जनाएको छ । आइतबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय काठमाडौँ प्लाजामा कम्पनी रजिष्ट्रारको कार्यालय, निष्काशन कम्पनी र प्रोफेशनल कम्प्युटर सिस्टम प्रालिका प्रतिनिधिको उपस्थितिमा शेयर बाँडफाँड गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.