उद्योग परिसंघलाई चुनाव लाग्यो, ३७ पदका लागि चैत २५ गते मतदान हुँदै

  २०७५ चैत १४ गते १२:५१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघलाई चुनाव लागेको छ । चैत २५ गते हुन लागेको परिसंघको निर्वाचन कार्यतालिका पनि सार्वजनिक भएको छ । परिसंघको १६ औं साधारणसभाले ३७ जनाको राष्ट्रिय परिषद् चयन गर्ने छ । साथै अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पनि परिवर्तन हुनेछन् ।

साधारणसभाबाट संस्थापक सदस्यहरु मध्येवाट २० जना, प्रतिष्ठानगत सदस्यहरु मध्येवाट १४ जना र संस्थागत सदस्यहरु मध्येवाट ३ जना चयन हुनेछन् । समूहगत आजीवन सदस्यहरु सोही समूहबाट निर्वाचित हुने परिसंघले जनाएको छ ।

परिसंघले २२ गते सदस्यहरुको अन्तिम नामावली प्रकाशन गर्ने, २४ गते उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता लिने र २५ गते मतदान हुने जनाएको छ ।

राष्ट्रिय परिषद्को निर्वाचन भएकै दिन परिसंघको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पनि परिवर्तन हुनेछ । परिसंघको नयाँ अध्यक्ष सतिशकुमार मोर हुनेछन् । परिसंघमा वरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने अभ्यास छ । राष्ट्रिय परिषद् गठन भएको एक वर्षपछि सो परिषदले बरिष्ठ उपाध्यक्ष चयन गर्छ । सामान्यतय परिसंघमा सर्बसहमतिमा नेतृत्व चयन गर्ने अभ्यास रहेकाे छ ।

निर्वाचनसँगै वर्तमान अध्यक्ष हरिभक्त शर्माले परिसंघबाट विदा लिने छन् । नेपाल उद्योग परिसंघ नेपालका ठूलो व्यवसायिक घरानाहरुको साझा हितमा काम गर्ने संगठन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.