होण्डा ‘सम्बन्ध सपनाहरुको’ विजेता घोषित, काभ्रेका विशालले जिते ५० लाख बम्बर उपहार

  २०७५ चैत १३ गते १७:०७     विकासन्युज


काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालमा ५० वर्ष पूरा गरेको उत्सवमा दशैं तथा तिहार योजना ‘सम्बन्ध सपनाहरुको’को विजेता घोषित गरेको छ ।

२५ माघदेखि २५ फागुनसम्म संचालित उक्त योजनामा २५,२६५ जनाको सहभागिता रहेको थियो । सहभागीहरु मध्ये लक्की ड्र मार्फत ५० जना छनौट गरिएको थियो ।

छनौट भएका सहभागीहरुले ५० लाख बम्पर उपहार जित्नको लागि योजनासँग मेल खाने आफ्नो कुनै सपना उल्लेख गरी फेसबुकमा भिडियो अपलोड गर्नुपर्ने थियो ।

अपलोड गरिएका ३९ भिडियो मध्ये सर्वाधिक २४,१५० लाइक, कमेन्ट र सेयर प्राप्त गरी आफू डाक्टर बनी जनमानसको सेवा गर्ने सपना बोकेका धुलिखेल, काभ्रेका विशाल थापा उक्त योजनाको विजेता बन्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.