लगानी सम्मेलनमा १३ अर्ब लागतको आइएमई सिमेन्ट परियोजनापनि प्रस्तुत हुँदै

  २०७५ चैत १२ गते ९:००     राजाराम न्यौपाने


काठमाडौँ । चैत १५ र १६ मा हुने लगानी सम्मेलनमा निजी क्षेत्रको १८ वटा परियोजना प्रस्तुत हुने भएको छ । ती परियोजना मध्ये आइएमई सिमेन्ट पनि परेको छ ।

लगानी सम्मेलन मार्फत आईएमई प्रालिले पनि विदेशी लगानी खोजेको छ । प्रस्तावित सिमेन्ट कम्पनीले नवलपरासी जिल्लाको मध्याविन्दु नगरपालिका, गान्धीमा कम्पनी स्थापनाको प्रस्ताव गरिएको छ । यो सिमेन्ट कम्पनीको खनिज क्षेत्रका लागि पाल्पा जिल्लाको मदनपुर, निसीडी ग्रामीण नगरपालिलाई प्रस्ताव गरिएको छ ।

सिमेन्टको खनिज क्षेत्र १५ वर्ग किलोमिटर, कच्चा पद्धार्थ ०.२३७ वर्ग किलोमिटर, कोनेस्टोनको रिजर्व २००० टिपीडी, १८.७२ लाख टन उत्पादन गर्ने सो परियोजना प्रूतावमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गबाट ५ किलोमिटर भित्र सो सिमेन्ट स्थापना गर्ने परियोजना प्रस्तावमा उल्लेख छ । परियोजना लागत नेपाली रुपैयाँ १३ अर्बको रहेको छ । प्रतिफलको आन्तरिक दर २० प्रतिशत रहेको छ ।

लगानी सम्मेलनमा १३ करोड डलरको गरुड सिमेन्टको परियोजना पनि प्रस्तुत हुँदैछ । चैत १५ र १६ मा हुने लगानी सम्मेलनका लागि सरकारी र निजी क्षेत्रबाट गरी कुल ७१ वटा परियोजना प्रस्ताव प्रस्तुत हुँदैछन् । लगानी बोर्डका अनुसार यस सम्मेलनमा सरकारका तर्फबाट ५३ र निजी क्षेत्रबाट १८ वटा गरी कुल ७१ वटा प्रस्ताव पेस हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.