नेपाल धितोपत्र बोर्डको कार्यालयमा लगानीकर्ताले लगाए ताला, ३ जना थुनिए

  २०७५ चैत १० गते १२:३३     विकासन्युज

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको कार्यालयमा शेयर लगानीकर्ता दबाब समूहले आइतबार ताला लगाएका छन् । बिहान ९ बजेदेखि नै कार्यालयमा तालाबन्दी गरिएको छ । शेयर बजारको विकासमा बोर्ड बाधक बनेको लगानीकर्ता बताएका छन् ।

गत मंसिरमा पूँजी बजारसम्बन्धी माग राखेर लगानीकर्ताहरु अनसन बसेका थिए । त्यतिबेला सरकारले लगानीकर्ताका माग सम्बोधन गर्न कार्यदल गठन गरेको र कार्यदलले लगानीकर्ताका माग पूरा गर्न भन्दै ५८ बुँदे सुझाब दिएको थियो, तर सो ५८ बुँदा कार्यान्वयन नगरेको भन्दै लगानीकर्ता आन्दोलित भएका हुन् ।

आइतबार बिहानबाटै गरिएको तालाबन्दीका कारण ३ जना कार्यालय भित्र थुनिएका छन् भने बाँकी कर्मचारी कार्यालय प्रवेश गर्न पाएका छैनन् । शिक्षा तथा तालिम शाखामा कार्यरत राजुबहादुर जीसीसहित २ जना सफाई कर्मचारीहरु थुनिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.