नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण जेठभित्रै

  २०७५ चैत ९ गते २१:११     विकासन्युज

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले नागढुंगा नौबिसे(दहचोक सिस्नेखोला) सुरुङमार्गको निर्माण जेठभित्रै आरम्भ हुने बताएका छन् । सुरुङमार्ग निर्माणस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री महासेठले जेठभित्रै शिलान्यास हुने बताएका हुन ।

विसं २०७९ पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको उक्त सुरुङमार्ग १७ अर्बको लगानीमा निर्माण हुन लागेको हो । मन्त्री महासेठले सुरुङ निर्माणका लागि जग्गा अधिग्रहणको कार्य सक्न स्थानीय तहलाई निर्देशनसमेत दिनुभएको छ । “कलङ्की–नागढुङ्गा सडकखण्ड पहिलेको तुलनामा सुधार आए पनि अबको केही महीनामा धुलोरहित बाटो बन्छ”, उनले भने ।

त्यस्तै उनले कलङ्की–खड्कागाउँ–कङ्काली गुम्बा हुँदै इन्द्रदल काजी कालुपाण्डे सडकको पनि निरीक्षण पनि गरे । उक्त सडक १८ करोड २९ लाखमा निर्माण हुँदैछ । काठमाडौँ क्षेत्र नं ९ का सांसद कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि क्षेत्रलाई मुलुककै नमूना पर्यटकीयस्थल बनाउन लागिएको बताउँदै सांसद विकास कोषबाट आएको रकम चन्द्रागिरिको पर्यटकीय विकासका लागि खर्च गर्ने बताए ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले समग्र विकासका लागि कार्ययोजना नीतिनियम र विकासप्रति जनतामा अपनत्व हुने गरी स्थानीय सरकारले काम गरिरहेको उल्लेख गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.