महिला सहयात्रा माईक्रोफाइनान्स ‘राजकुमारी सविका विन्त अब्राहिम अल-खालिफा ग्लोबल अवार्ड’बाट सम्मानित

  २०७५ चैत ७ गते १४:०४     विकासन्युज

काठमाडौं । महिला सहयात्रा माईक्रोफाइनान्स वित्तीय संस्था “राज कुमारी सविकास विन्त अब्राहिम अल-खालिफा ग्लोबल अवार्ड” बाट सम्मानित भएको छ । विभिन्न मुलुकका १८८७ का प्रतिस्पर्धीहरुकाबीच संस्थाले विभिन्न चार विधा (सार्वजनिक संस्था, निजी, गैर सरकारी र स्वतन्त्र) मा विभाजित पुरस्कारमा उक्त सम्मान पाएको हो ।

गत मार्च ११मा संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्था सम्बन्धी ६३औँ महासभायस संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा. सुमित्रा मानन्धर गुरुङले एक लाख डलर धनराशीको पुरस्कार ग्रहण गरेकी हुन् ।

संस्थाले नेपालका अति दुर्गम र पिछडिएको क्षेत्रका २८ हजार भन्दा बढी महिलाहरुबीच लघुवित्त सेवा प्रदान गर्दै आएको छ । साथै, लघुउद्यम विकास सेवा मार्फत समुदायको आर्थिक तथा सामाजिक विकास कार्यमा यस संस्थाले सक्रिय रुपमा काम गरिरहेको छ ।

राष्ट्रिय स्तरको यस संस्थाको हाल कुल २६ वटा शाखा कार्यालयहरु संचालनमा छन् । सो मध्ये २१ वटा शाखा कार्यालयहरु अति विकट जिल्लाहरुमा रहेको छ । संस्थाले कुनै पनि लघुवित्त पुग्न नसकेका क्षेत्रमा महिला शसक्तिकरण तथा वित्तीय सेवाको पहुँच पुर्याउने उद्देश्यले उक्त विकट जिल्लाहरुमा शाखा विस्तार गरी संचालनमा ल्याएको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त यस संस्थामा हाल ९३ जना महिला र ४ वटा बैंक संस्थापक रहेको छ । संस्थापकमा नबिल बैंक, सिभिल बैंक, प्राइम बैंक र गोर्खाज फाइनान्स रहेका संस्थाकी सीईओ गुरुङले जानकारी दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.