दक्षिण कोरियामा विवाह दर घट्दो, आर्थिक अस्थिरता कारण बन्दै

  २०७५ चैत ६ गते १५:१८     विकासन्युज

सोल । हाल दक्षिण कोरियामा विवाह दर घटेको छ । अघिल्लो वर्षको तुलनामा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ ।

आर्थिक अस्थिरता लगायतका कारण त्यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेका हुन् ।

सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा न्यून हो ।

कोरियाको तथ्याङ्क विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्याङ्क सङ्कलन गर्ने गरेको छ । समाचारमा जनाइएअनुसार यो वैवाहिक दर सन् १९७० पछिकै सबैभन्दा कम हो ।

सन् १९८० मा यहाँका युवायुवतीमा विवाह दर प्रति एक हजारमा १०.६ प्रतिशत रहेको थियो । उक्त विभागले यो तथ्याङ्क शुरु गरेयताको सबैभन्दा बढी दर हो । यो तथ्याङ्कमा बर्सेनि कमी आउन थालेको हो । सन् १९९० यो दर घटेर मा ९.३, सन् २००० मा ६.५ र सन् २०१० मा ६.५ हुँदै आएको थियो । दक्षिण कोरियाली नागरिकमा पहिलो पटक विवाह गर्ने उमेर दर पुरुषमा ३३.२ वर्ष र महिलामा यो उमेर दर ३०.४ वर्ष छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.