सेन्ट्रल फाइनान्सको ७ प्रतिशत नगद लाभांश पारित, केन्द्रिय कार्यालय सारिँदै

  २०७५ चैत ५ गते १९:१६     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको प्रस्तावित ७ प्रतिशत नगद लाभांश पारित भएको छ । मंगलबार सम्पन्न संस्थाको २२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम संस्थाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश वितरण गर्ने भएको छ ।

हाल ८ स्थानमा शाखा संचालन गरिरहेको यस फाइनान्सले आगामी साताबाट सिन्धुलीको भिमानमा थप एक शाखा संचालनमा ल्याउने तयारी गरेको छ । साथै, आगामी दिनमा थप शाखा स्थापना गरी शाखा सञ्जाल र कार्यक्षेत्र थप विस्तार गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रजोजमान श्रेष्ठले बताएका छन् ।

ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी ८२ करोड ३५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, निक्षेप ३ अर्ब १३ करोड र कर्जा लगानी २ अर्ब ९८ करोड रुपैयाँ रहेको सीईओ श्रेष्ठले बताए ।

त्यस्तै, प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले आगामी २०७६ साल असार मसान्तदेखि ललितपुरको कुपण्डोलस्थित संस्थाको जग्गामा केन्द्रिय कार्यालय सारिने सीईओ श्रेष्ठले बताएका छन् । हाल उक्त जग्गामा कर्पोरेट भवन निर्माण कार्य भइरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.