नेपाली जुत्ता घरमा भित्रिए शैक्षिक सत्रका लागि नयाँ डिजाइन, छुट पनि निरन्तर

  २०७५ चैत ५ गते १२:५८     विकासन्युज

काठमाडौं । नयाँ शैक्षिक सत्रलाई लक्षित गरेर नेपाली जुत्ता घरले नयाँ डिजाइनका जुत्ताहरु ल्याएको छ । नयाँ शैक्षिक सत्रलाई जुत्ता उद्योगीहरुले बजार विस्तारको उपयुक्त अवसरका रुपमा लिने गरेका छन् । आगामी शैक्षिक सत्रका लागि केन्द्रित गरेर हरेक जसो जुत्ता उद्योगीले नयाँ नयाँ डिजाइनका जुत्ता ल्याउने गरेका छन् ।

नयाँ वर्ष समेत नजिकै रहेकाले जुत्ता घरमा ६ महिनाको वारेण्टीसहित ५० प्रतिशतसम्मको छुट सुबिधाले समेत निरन्तता पाएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।‘स्कुल र कलेजका लागि नयाँ डिजाइनका जुत्ता ल्याएका छौं, नयाँ वर्ष पनि आएकाले १० देखि ५० प्रतिशतसम्मको छुट सुबिधालाई पनि निरन्तरता दिएका हौं’, अध्यक्ष उपाध्यायले भने । बिएफ डियरका नयाँ लेदर स्याण्डलहरु पनि थपिएका छन् । शु ल्याण्डका नयाँ लेडिज स्याण्डल पनि आएको उपाध्यायले जानकारी दिए ।

नेपाली जुत्ताघरले स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित जुत्ताहरुमा बिभिन्न अवसर पारेर बिभिन्न सुबिधाहरु उपलब्ध गराउँदै आएको छ ।
नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् ।

कहाँ कहाँ छन् जुत्ता घर ?
नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ५ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगाला अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् । पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ ।

कुन कुन ब्राण्डका जुत्ता पाइन्छन् ?
नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् ।

प्रतिष्पर्धा छाडेर सहकार्यमा आएको नजिर
बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् । नेपाली जुत्ताघरले नेपाली जुत्ताहरुको बजार प्रवद्र्धन र प्रतिष्पर्धी कम्पनीहरुको सहकार्यतामा जोड दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.