लगानीकर्ताको आन्दोलन लगानी सम्मेलन असफल पार्ने षड्यन्त्र हो- धितोपत्र बोर्ड

  २०७५ चैत ४ गते १८:१६     विकासन्युज

काठमाडौं । आगामी चैत ९ गतेदेखि विभिन्न माग राख्दै लगानीकर्ताले घोषणा गरेको आन्दोलन लगानी सम्मेलन असफल पार्ने षड्यन्त्रको रुपमा आएको नेपाल धितोपत्र बोर्डले आरोप लगाएको छ । बोर्डले धितोपत्र बजारको सुधारका लागि नियामक निकायको हैसियतले गरेका एक दर्जन कामहरुको बुँदा समेत सार्वजनिक गर्दै सम्मेलनको पूर्वसन्ध्यामा गर्न लागिएको त्यस्ता कार्यक्रम लगानीकर्ताको आन्दोलनले लगानी सम्मेलनलाई प्रतिकुल प्रभाव पार्ने भन्दै त्यसमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सेयर लगानीकर्ता दबाब समूहले उक्त आन्दोलनको कार्यक्रम अन्तर्गत नियमनकारी निकायको पदाधिकारीको घर घेराउ लगायतका अन्य गैर व्यवसायिक कार्यक्रमले नियमनकारी निकायलाई कमजोर बनाइ बजार विकासको कार्यमा बाधा पुग्ने र लगानीकर्ताको हित संरक्षणमा समेत नकरात्मक प्रभाव पर्ने बोर्डले बताएको छ ।

यसका साथै, बजार विकास तथा सुधारका प्रयासहरु भैरहेको समयमा लगानीकर्ताहरुलाई संयमता अपनाउन बोर्डले आग्रह गरको छ ।

यस्तो छ बोर्डले बजारको सुधारका लागि नियामक निकायले हालसम्म गरेका एक दर्जन बढी कामहरुको बुँदाहरुः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.