फ्रान्सको व्यापार घाटा बढ्दो, विमानजन्य सामाग्रीको निर्यातमा कमी

  २०७५ फागुन २५ गते ११:२८     विकासन्युज

पेरिस, फ्रान्स । फ्रान्सको व्यापार घाटा सन् २०१८ को डिसेम्बरको तुलनामा सन् २०१९ को जनवरी महिनामा चार अर्ब दुई करोड यूरो (चार अर्ब ७१ करोड अमेरिकी डलर( ले बढेको यहाँको राजस्व विभागले बताएको छ ।

जनवरी महिनामा देखिएको थप व्यापार घाटासँगै फ्रान्सको व्यापार घाटा १६.७ प्रतिशत पुगेको छ । यो समयमा विदेशमा गरिने निर्यातमा करिब एक प्रतिशतले कमी आउँदा ४२ अर्ब पाँच करोड यूरो बराबरको घाटा भएको छ ।

निर्यातमा आएको कमीका लागि प्रशोधित पेट्रोलियम पदार्थ, गाडीजन्य सामग्रीको उत्पादन साथै गरगहना निर्यातमा आएको कमी जिम्मेवार रहेको केन्द्रीय भन्सार सेवा विभागले जनाएको छ ।

फ्रान्सको विमानजन्य सामाग्रीको निर्यातमा पनि यस बर्ष कमी आएको बताइएको छ । भन्सारको तथ्याङ्क अनुसार फ्रान्सले गत बर्षको डिसेम्बरमा ४३ विमानको विक्रीबाट तीन अर्ब ३० करोड यूरो बराबर आम्दानी गरेकोमा जनवरीमा जम्मा २२ वटा विमानको विक्री भएको र यसबाट दुई अर्ब १० करोड यूरो आम्दानी गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.