आइएमई र माछापुच्छ्रेबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ फागुन २३ गते १७:१५     विकासन्युज


काठमाडौँ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सो बैंकास्योरेन्स सम्झौतापछि सर्वसाधारण तथा बैंकका ग्राहकहरुले माछापुच्छ्रे बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.