सिटिजन लाइफ इन्स्योरेन्सको नयाँशाखा दोलखामा 

  २०७५ फागुन २२ गते १८:०४     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ६२ औं शाखा दोलखा उद्घाटन गरेको छ । दोलखाको चरिकोटमा उक्त नयाँशाखा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार अधिकृत कवि फुँयाल र दोलखा क्षेत्र नं. २ प्रदेश सभाका सांसद पशुपति चौलागाईंद्वारा संयुक्त रुपमा उद्घाटन गरेका थिए ।


दोलखाका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धी जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका सो शाखा विस्तार गरिएको हो ।
२०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्समा नेपालभर ६२ वटा कार्यालय र २०० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । नेपालीहरुको आवश्यकता र जोखिमलाई न्युनिकरणको निमित्त जीवनबीमा योजना ल्याउन तयार भएकाे छ ।

उक्त इन्स्योरेन्स आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमा शुल्क संकलनमा ६० प्रतिशत र सोहीअवधिको खुदनाफामा १२० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पौष मसान्त सम्ममा रु.२४५ करोडको लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.