राष्ट्रिय बीमा कम्पनी र ओम डेभलपमेण्ट बैंकबीच बीमा सेवा सम्झौता

  २०७५ फागुन २२ गते १६:१७     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र ओम डेभलपमेण्ट बैंक लिमिटेडबीच बुधबार एक कार्यक्रममा बीमा सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट क्मपनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल र बैंकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले हस्ताक्षर गरेका छन् ।

बैंकले हालसालै मात्र बजारमा ल्याएको “सुरक्षित बचत खाता” अन्तर्गत खाता खोल्ने ग्राहकहरुका लागी यस सम्झौता अन्तर्गत जारी भएको दुर्घटना बीमा लेखले सात लाखसम्मको आर्थिक सुरक्षा प्रदान गर्ने छ । साथै, बैंकमा “सुरक्षित बचत खाता” खोल्ने ग्राहकको दुर्घटनाको कारण मृत्यु भएमा बीमाले सात लाख ग्राहकको हकवालालाई बैंक मार्फत क्षतिपूर्तिको रुपमा भुक्तानी गर्ने बैंकले जनाएको छ ।

सम्झौता पश्चात दुबै पक्षले बाली तथा पशुपन्छीको क्षेत्रको परनिर्भरता हटाउँदै जनतालाई समृद्ध बनाउने विश्वास लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.