ईन्टरनेटः ‘पहिले मूल्य निर्धारण त्यसपछि सेवा’, शर्त उल्लंघन गरे ५० हजारदेखी ५ लाखसम्म जरिवाना !

  २०७५ फागुन २० गते १२:४०     नबिन पोखरेल


काठमाडौ । ईन्टरनेट सेवा तपाईँको मोबाइल, घर वा कार्यालयमा आउनु अघि सेवा प्रदायक संस्थाहरुले मूल्य निर्धारण प्रक्रिया पूरा गर्नु पर्छ । मूल्य निर्धारणपछि मात्र ईन्टरनेट सेवाग्राहीहरुको पहुँचमा आईपुग्छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिन अर्याल भन्छन्- मूल्य अनुसारको ईन्टरनेट सुविधा पाउनु ग्राहकको अधिकार हो, यसका लागि सबै कम्पनी क्रियाशील हुनुपर्छ ।

दूरसंचार ऐन २०५३ को दफा ४२ मा अनुसार उल्लेख भए अनुसार कुनैपनि अपरेटरले प्राधिकरणबाट स्वीकृति लिनु आवश्यक हुन्छ । यस्तै, आफूले गर्ने योजनाका विषयहरु सार्वजनिक गर्न आवश्यक हुन्छ । अपरेटरले दिन खोजेको ईन्टरनेट सेवा उचित तथा मानसिव हुनुपर्छ । गलत प्रयोजनका लागि नभई सामाजिक हितमा आधारित हुुनुपर्छ । प्राधिकरणले तयार पारेको निर्देशिका अनुसार अपरेटरले ३ महिना अगावै स्वीकृति लिनु पर्ने कानुनी व्यवस्था रहेको छ ।

ईन्टरनेट कम्पनी चल्नु पूर्व सम्झौतामा हुने शर्तहरु:
ईन्टरनेट प्रयोग गर्दा अपरेटरले सेवाग्राहीसँग आवश्यक शर्तको जानकारी गराउनु पर्नेछ । यस्तो, अवस्थामा सेवाग्राही तथा सेवा प्रदायक दुवैले शर्तको बारेमा जानकारी लिने दिने कार्य गरेको हुनु पर्नेछ । शर्त अनुसार कुनैपनि सेवा प्रदान गर्ने सवालमा अनुचित भेदभाव गर्न पाईदैन । सेवाग्राहीलाई प्रभावमा वा दबावमा पार्न समेत पाईदैन । यसरी नै कसैको नोक्सान पुर्याउने कुरामा संलग्न हुनु हुँदैन ।

ग्राहक वर्गमा प्रदान गरिने दरमा समेत एकरुपता आउनु पर्ने आवश्यकता हुन्छ । दरमा भिन्नता भएको खण्डमा शर्त पालना नभएको मानिनेछ । दूर सञ्चारको निर्देशिकाले स्वच्छ प्रतिष्पर्धामा जोड दिएको पाईन्छ । यस्तै, आर्थिक हिसाबकिताबमा पारदर्शिता राख्नु पर्ने विषयलाई उल्लेख गरेको छ ।

अपरेटरले आफ्नो नाम, सेवा, प्रयोग, औचित्य खुलाउनु पर्ने हुन्छ । यस्तै, हाल कायम रहेको मूल्य खुलासा गर्न आवश्यक हुन्छ । साथै, सो मूल्यमा परिवर्तन गर्न चाहेमा स्पष्ट कारण पेश गर्न आवश्यक हुन्छ । कुनैपनि सेवाग्राही कम्पनीले ग्राहकलाई मर्का पर्ने कार्य गर्न नपाउने व्यवस्था रहेको छ ।

शर्त उल्लङ्घन गरेमा के हुन्छ त कारबाही ?
ईन्टरनेट प्रयोगको शर्त उल्लङ्घन गरेमा ५० हजार रुपैयाँदेखी ५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको पाईन्छ । कसैको सम्पत्ती हानी नोक्सानी गरेमा बिगो जरिवानाको व्यवस्था रहेको छ । साथै, ईन्टरनेटको साहारामा कसैलाई धम्क्याउन पाईने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.