ग्यास उद्योगी र बिक्रेता आन्दोलनमा, बजारमा अभावः सरकार भन्छ-अत्यावश्यक वस्तुमा हड्ताल नगर

  २०७५ फागुन १६ गते १६:४३     राजाराम न्यौपाने


काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले कमिशन बृद्धिको माग सहित बिक्री बन्द गर्ने सम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेपछि बजारमा ग्यासको अभाव सिर्जना भएको छ । उद्योगी र बिक्रेताले आन्दोलनको घोषणा गरेपछि सरकारले भने अत्यावश्यक बस्तुमा हड्ताल नगर्न भनेको छ ।

ग्यास उपभोक्ताहरुले ग्यास उद्योगीहरुले अन्दोलको घोषणा गरेपछि ग्यास अभाव हुने डरले उपभोक्ताहरुले घरमा जगेडा ग्यास लगेको कलंकीको ग्यास विक्रेता बताउँछन् । पोखरेली ग्यास सप्लार्यसका सञ्चालक बसन्तराज पोखरेले भने–ग्यास उपभोग गर्ने उपभोक्ताहरुले हलाको पछि लागेर नयाँ ग्यास किनीरहेका छन् । ग्यास सटेज हुने हल्लाले नयाँ नयाँ उपभोक्ताहरु पनि ग्यास किन आएको पोखरेले बताए ।

नेपाल एल पि ग्यास संघका अध्यक्ष गोकुल भण्डारीले भने– ‘हामीले उद्योगका लागि ५ प्रतिशत र विक्रेताहरुले ६ प्रतिशत कमिशन वृद्धिको माग गरेर अन्दोलनमा उत्रेको हो ।’ उद्योगहरुको सञ्चालन खर्च, ग्यास बिक्रेताहरुको कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी र बीमा खर्च लगाएतका कुरा उठाएर शुक्रवार देखी अन्दोलन हुने भण्डारीले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले जनतालाई थप मारमा पारेर उद्योगीलाई राहत प्रदान नगरिने बताए । ग्यास उद्योगीहरुले पहिले देखी नै कमिशन बृद्धिको माग गरिरहेका छन् । ग्यास उद्योगीहरुले ग्यासमा मुनाफा छैन भनिरहेका छन् । तर, ग्यास उद्योगमा मुनाफा नभएको भए किन नयाँ ग्यास उद्योगका लागि आवेदन दिरहेका छन् त ?

ग्यास उद्योग संघले माग पूरा नभए फागुन १७ गतेदेखि ग्यासको पीडीओ खरिद नगर्ने घोषणा गरेको छ । फागुन २२ गतेदेखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ गतेदेखि भन्सार आयात रोक्ने, फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने र ३० गतेदेखी सम्पूर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्री वितरण पूर्ण रुपमा बन्द गर्ने संघले चेतावनी दिएको थियो । बिक्रेता महासंघले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.