चौधरी ग्रुपको नयाँ उत्पादन ‘माल्टोजीङ्ग’ बजारमा, प्रतिस्पर्धी भन्दा २५ रुपैयाँ सस्तो

  २०७५ फागुन ११ गते १७:०१     विकासन्युज

काठमाडौं । चौधरी ग्रुपले नयाँ उत्पादन ‘माल्टोजीङ्ग’ अफिसियल रुपमा सार्वजनिक गरको छ । चौधरी ग्रुप अन्तर्गतको बिएलसी होल्डीङ्स अन्तर्गतको ‘इन्सट्यान्टमिल्स प्रा. लि.’को उत्पादन र प्रर्बधनमा माल्टोजीङ्ग बजारमा ल्याईएको हो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत अर्नुद जेन च्याम्पीले ‘माल्टोजीङ्ग’को सार्वजनिकरण गरेका थिए । माल्टोजीङ्ग आजैदेखि नेपालका सबै किराना पसलमा उपलब्ध हुने कम्पनीका कार्यकारी निर्देशक पारस शाक्यले बताए ।

माल्टोजङ्ग बजारमा रहेका अन्य उत्पादन भन्दा गुणस्तरीय तथा सुपत मूल्यमा उपलब्ध गराईएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत होम न्यौउपानेका अनुसार माल्टोजीङग हाल क्लासिक माल्ट र चोकलेट गरी दुई स्वादमा बजारमा ल्याईएको छ । चोकलेट स्वादमा प्रतिबट्टा ३५० रुपैयाँ र क्लासिक माल्ट स्वादमा प्रतिबट्टा ३३० रुपैयाँ मूल्य तोकिएको छ । माल्टोजीङग बजारमा विद्यामान विभिन्न खालका ब्राण्ड भन्दा पच्चीस रुपैयाँ सस्तोमा उपभोक्ताहरुलाई उपलब्ध गराइएको उनले बताए ।

नेपालमा विद्यमान कुपोषण तथा पुड्कोपनाको समस्यालाई पनि सम्बोधन गर्ने उदेश्य राखिएको उनले बताए । यसमा ब्रेन, बोन र बडी (मष्तिष्क, हाड र शरिर) लाई अति आवश्यक तत्वहरु प्रोटिन, फ्याट, काब्रोहाईड्रेट्स, भिटामीन बि सिरिज, बायोटिन, आयोडिन, भिटामीन ए, भिटामीन सि, भिटामीन डी र अत्यावश्यक सम्पूर्ण खनिज तत्वहरु जस्तै म्याग्नेसियस, क्याल्सियम, फस्फोरस, कपर, सेलेनियम, जिङ्क, पोटासियम र आईरन लगायतको मिश्रण रहेको छ । ‘माल्टोजीङ्ग’को प्रयोगले सबै उमेर समूहका उपभोक्ताहरुको दैनिक पोषणको आवश्यकतालाई परिपूर्ती गर्ने कम्पनीको दावी छ ।

‘मल्टिभिटामिन र मिनरल्सको समिश्रण गरिएको हुनाले यसको प्रयोगले नेपालको कपोषणको समस्यालाई केहि हदसम्म अन्त्य हुने हामीले विश्वास गरेको छौं । यस उत्पादनको प्रयोग र प्रवद्र्धनमा हामी सरकारसँग साझेदारी गर्न इच्छुक छौं’ न्यौउपानेले भने । ‘माल्टोजङ्ग’ ब्राण्ड चौधरी ग्रुपले लिएको छ भने यसको उत्पादन भारतमा गरिएको छ । माल्टोजाङ्गको बजारिकरण हाललाई नेपालमा गर्ने र केही समयपछि विश्व बजारमा लैजाने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.