इमान्दार चालक, जसले फिर्ता गरे ट्याक्सीमा छुटेको लाखौँ मूल्यको गरगहना

  २०७५ फागुन ८ गते १७:३१     विकासन्युज


काठमाडौँ । ट्याक्सीमा छुटेको सामग्री सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । आज बिहान ५ बजे काठमाडौँको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा गुल्मीकी वसन्ता भुसालको छुटेको गरगहनासहितको सामान ट्याक्सीचालक सुनसरीका सिमल राईले फिर्ता गरेका हुन् ।

चालक राईले ट्याक्सीमा छोडिएको ठूलो मङ्गलसूत्र एक थान, सानो मङ्गलसूत्र एक थान, चन्द्रमा एक थान, तिलहरी एक थान, घाँटीको हार एक थान, पिजडा टप एक जोडी, वेरुवा रिङ एक जोडी, औँठी तीन थान, लेडिज पर्स एक थान र नगद छ हजार १२३ फेला पारेका थिए ।

चालक राईले फेला पारेको उक्त गरगहना र नगद महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले सम्बन्धित धनीकी बहिनी सोनिया भुसाललाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा हराएका सामग्री फेला नपर्ने गरेकामा राईले उदाहरणीय काम गरेको प्रनाउ भट्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.