नुवाकोट आदिवासी महोत्सव फागुन १६ देखि, साकुरा नेपालले सहप्रायोजन गर्ने

  २०७५ फागुन ८ गते ११:५२     विकासन्युज


काठमाडौँ । प्रथम नुवाकोट आदिवासी महोत्सव २०७५ को सहप्रायोजन साकुरा नेपाल कन्सल्टेन्सीले गर्ने सम्झौता भएको छ।

काठमाडौं, सामाखुशी चोक स्थित साकुरा नेपाल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अनुजकुमार श्रेष्ठ र आदिवासी जनजाति महासंघ नुवाकोटका सचिव बुद्धिबहादुर तामाङबीच सह प्रायोजकको निम्ति सम्झौता भएको आर्थिक उपसमितिका सदस्य प्रकाश लामाले जानकारी दिए ।

पर्यटन, उद्योग, व्यापार, कृषिमा बिकास गरी आर्थिक समृद्धिका साथ स्वावलम्बन, प्रथम नुवाकोट आदिवासी महोत्सव लोपोन्मूख भाषा, सांस्कृतिक भेषभुषा, संस्थागत संरक्षण र जातीय पहिचान भन्ने मूल नारा सहित २०७५ फागुन १६ देखि २६ गतेसम्म नुवाकोटको व्यापारिक केन्द्र बट्टार बजारमा हुदैछ । महोत्सव साँस्कृतिक एवं व्यापरिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.