मोबाइल एप एनबीआई शुभारम्भ, वित्तीय साक्षरता र शैक्षिक सामाग्री समावेश

  २०७५ फागुन ७ गते १२:४४     विकासन्युज


काठमाडौँ । नेशनल बैंकिङ्ग इन्स्टिच्यूट लि.(एनबीआई)ले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सवको अवसर फागुन ५ गते संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एनबीआई नामको मोबाईल एपको समेत शुभारम्भ गरिएको छ ।

सो एपमा नेपालकै पहिलो बित्तीय साक्षरता सम्बन्धी जानकारीमूलक एवम् शैक्षिक सामग्री समावेश गरिएको छ । उक्त एपको समावेश वित्तीय साक्षरता सम्बन्धी भागमा वित्तीय साक्षरताको ज्ञान दिलाउने ई–किताव, सो किताव अध्ययन पश्चात परिक्षाको अवसर, बिभिन्न सफलताका कथाहरु लगायत वित्तीय साक्षरता सम्बन्धी गीत समावेश गरिएको छ ।

नेपालको हरेक क्षेत्रका बासिन्दाहरु अझ मुख्य रुपमा ग्रामीण क्षेत्रका बासिन्दाहरलाई वित्तीय ज्ञान अभिबृद्धि गरी समस्त आर्थिक कारोबारलाई बैंक तथा वित्तीय संस्था मार्फत गराउन अभिप्रेरित गरी देश विकासमा केही योगदान पुगोस भन्ने उद्धेश्यले यो वित्तीय साक्षरता सम्बन्धी मोवाईल एपको निर्माण गरिएको एनबीआईले जनाएको छ ।

प्रविधिको उचित सदुपयोग गरी देशका बिभिन्न भागमा छरिएर रहेका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले आ–आफ्नो क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धी ज्ञान एवम् जानकारी प्रवाह गर्न सकिने गरी यो वित्तीय साक्षरता सम्बन्धी एपमा पावरप्वाईन्ट प्रस्तुतिकरण समेत समावेश भएको छ ।

गैर बैंकिङ्ग क्षेत्रमा छरिएर रहेका कोषहरुलाई बैंकिङ्ग प्रणालीमा ल्याउने प्रयोजनको लागि यो वित्तीय साक्षरता सम्बन्धी एपको प्रयोग गरी बैंकिङ्ग सम्बन्धी ज्ञान प्रवाह गर्न सकिने र यसले समग्रमा वित्तीय ज्ञान फैलाउन महत्वपुर्ण योगदान हुने एनबीआईले बिश्वास लिएको छ ।

यो एप नि:शुल्क रुपमा एन्ड्रोइड भर्सनको गुगल प्ले स्टोरबाट डाउनलोड गरी अफलाईन मोडमा पनि चलाउन सकिने सुबिधा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.