नक्सालमा हुन्डाईको नयाँ शोरुम, गाडी पार्किङमा चार्जिङको सुविधा

  २०७५ फागुन २ गते १५:२७     विकासन्युज

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. नेपालको एकमात्र आधिकारिक बिक्रेता हुन्डाई मोटरले नक्सालमा नयाँ शोरुमको उद्घाटन गरेको छ । उक्त शोरुमको उद्घाटन नेपालका लागि द रिपब्लिक अफ कोरियाका महामहिम राजदूत पार्क योङ्ग-सिक, हुन्डाई मोटर कम्पनी, एसिया हेडक्वार्टर प्रमुख योङ्ग सुक ली तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

सो शोरुमद्धारा ग्राहकहरुलाई पुनः परिभाषित बिक्री अनुभव सेवा प्रदान गरिनेछ । नेपाली मार्केटमा बढ्दै गरेको हुन्डाईको माग पूर्ती गर्नुको साथ-साथै प्रिमियम विक्री सेवा प्रदान गर्नु सो डिस्प्ले शोरुम स्थापना गर्नुको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

यो सोरुमको डिजाइन हुण्डाईको न्यू ग्लोबल डिलरसिप स्पेश आईडेन्टिटीको निर्देशन अनुसार बनाइएको छ । जसमा ३२०० स्क्वाएर फिट गाडी डिस्प्ले एरिया र ६००० स्क्वाएर फिटभन्दा बढी ग्राहक लाउन्ज, बिक्री सल्लाहकार कक्ष, सम्मेलन कक्ष आदि छ ।

विद्युतीय गाडीहरु चार्ज गर्दै पार्क गर्ने सुविधाका साथै अन्य गाडीहरुको प्रशस्त पार्किङ्गको पनि व्यवस्था गरिएको छ । यस सोरुमले नेपालको अटोमोटिभ उद्योगलाई उच्चतहमा पुर्याउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.