अष्ट्रेलिया जाने प्रकृयामा रहेकालाई सहयोग गर्न ‘हेल्प डेस्क’ संचालनमा

  २०७५ फागुन २ गते १२:४८     विकासन्युज

काठमाडौं। नेप्लिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिपि्रजेन्टेटिभ्स (नाइर) ले अष्ट्रेलियामा बसोबास गर्ने र जाने प्रकृयामा रहेका नेपाली विद्यार्थीहरूको सहायतको लागि हेल्प डेस्कको स्थापना गरेको छ ।

हेल्प डेस्कले अष्ट्रेलियाली शैक्षिक संस्थाका सम्भाव्य नेपाली विद्यार्थीबीच देशको शिक्षा प्रणाली तथा बसोबासबारे सूचना प्रदान गरी सहयोग गर्ने संस्थाले जनाएको छ । उक्त हेल्प डेस्कले शैक्षिक संस्थाद्वारा ठगिएको विद्यार्थीलाई सहायता दिनुको साथै हाल अष्ट्रेलियामा बसोबास गरिसकेका नेपाली विद्यार्थीलाई अध्ययन तथा जीवनयापनका सम्बन्धमा देखिएका विविध समस्या हल गर्न सहयोग गर्ने जनाएको छ।

हेल्प डेस्कले नेपाली विद्यार्थीलाई शिक्षा मन्त्रालय तथा अष्ट्रेलियाली सरकारी निकायबीच समन्वय स्थापित गराई आप्रवास प्रक्रिया सहज बनाउने संस्थाले दाबी गरेको छ।

सहयोग आवश्यक पर्ने विद्यार्थीले सहायता कक्षको इमेल studenthelpdesk@naaer.org मा सम्पर्क गरी सहयोग प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.