लुम्बिनी इन्स्योरेन्स र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा सम्झौता

  २०७५ फागुन १ गते १४:१५     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा सम्झौता भएको छ । सो सम्झौता अनुसार सहकारी बैंकका देशभर रहेका सहकारी संस्था, सदस्यहरु तथा बैंकका शाखाहरुलाई लुम्बिनी जनरल इन्स्योरेन्सले बीमा सेवा उपलव्ध गराउनेछ ।

सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपि. प्रधान र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.