बाँकेलाई पर्यटन तथा औद्योगिक क्षेत्रका रुपमा  विकास गरिने : मन्त्री गिरी

  २०७५ माघ २५ गते ११:३८     विकासन्युज

काडमाडौं । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बाँके जिल्लालाई औद्योगिक राजधानीका रूपमा विकास गरिने बताएका छन्र ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके शाखाले आज खजुरामा आयोजना गरेको औद्योगिक महिला उद्यमशीलता लघु घरेलु तथा कृषि प्रविधि पर्यटन महोत्सव उद्घाटनका क्रममा उक्त प्रदेशमा औद्योगिक व्यापारका लागि नेपालगञ्ज प्रमुख नाकाका रुपमा रहेको र वैजनाथ नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणले थप सहयोग बताएका छन् ।

मन्त्री गिरीले भने मानसरोवरको प्रवेशद्वारका रुपमा समेत नेपालगञ्ज रहेकाले छिमेकी मुलुक भारतका धार्मिक पर्यटकलाई नेपालगञ्जमा बस्ने वातावरण तयार गर्न प्रदेश सरकारले योजना बनाएको छ । बाँके र बर्दियालाई आर्थिक पर्यटन क्षेत्रको प्याकेजको रूपमा जोड्न बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा खुला नाट्यशाला निर्माण गरिने र बाँके राष्ट्रिय निकुञ्जलाई थप व्यवस्थित गरिने बताएका छन् ।

घरेलु तथा साना उद्योग प्रवद्र्धन र उत्पादन बजारीकरणका लागि मेला आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष समरबहादुर खत्रीको भनाई रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.