शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक रुपन्देहीको कोटिहवामा, शाखा संख्या ३९ पुग्यो

  २०७५ माघ २४ गते १८:०५     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको कोटिहवामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । यस शाखासँगै बैंकको शाखा संख्या ३९ पुगेको छ ।

बैंकले भविष्यमा आवश्यकता र संभाब्यताका आधारमा थप शाखा कार्यालयहरु विस्तार गर्दै जाने लक्ष्य लिएको छ । बुटवलको कालिकानगरमा अत्याधुनिक कर्पोरेट भवन निर्माण गरिरहेको बैंकले ५ नम्वर प्रदेशको प्रत्येक घरमा बैंकिङ्ग पहुँच पुर्याउने रणनीति अनुरुप कार्य गर्दै आइरहेको छ ।

चुक्ता पूँजी १ अर्ब ६२ करोड रुपैयाँ रहेको यस बैंकले १६ अर्ब १० करोड निक्षेप परिचालन गरी १४ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकले रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तु जिल्लाको चन्दौटा शाखा कार्यालयहरुबाट सम्पूर्ण बैंकिङ्ग सेवा दिँदै आएको छ । साथै, बैंककाे एउटा एक्सटेन्सन कार्यालय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.